COVID 19 (कविता)

Byadmin@jhapa_bulentin

२७ जेष्ठ ११:२८ २७ जेष्ठ ११:२८ २७ जेष्ठ ११:२८

✍️राजा माबो

ढल्न अघि रिंगटा लागे जस्तै
निभ्न अघि हुरी चले जस्तै
मर्नु अघि अँध्यारो छाए जस्तै
covid 19 जी!
मैले तिम्रो आगमन अघिको सयौ संकटहरुलाई
एउटा आँट र साहसका साथ महसुस गरिसकेको छु।

तिमी कहाँबाट आयौ भन्दिन म
अब कहाँसम्म पुग्ने सोध्दिन म
किन भने! यो फुल जस्तो मानव जीवनहरुले
आगोहरुको कुनै परिचय चाहादैन।

सुनेको मैले,स्वर्गमा हजार आलिसान सहरहरु छन्
सुन र फुलहरुको बगैँचाहरु छन्
मनुस्यकै रुपमा कति-कति देवी,देवताहरु छन्
राम्रा-राम्रा मान्छेहरु यो लोकबाट उतै पुगेका छन्।
उस्तै सुने फेरि,नर्कमा कुरुप बङ्ला र ओडारहरु छन्
आगो र तेलले बलेका बगैचाहरु छन्
मनुस्यको मासुको थुप्रो र रगतका पोखरीहरुको
प्रसस्त हिमाल र तालहरु छन् जो तिम्रो इच्छा जस्तै।

covid 19,तिमी किन स्वर्ग र नर्कमा गएनौ?
अथवा उतै तिर तिमी किन रहेनौ?
अनगिन्त ग्रहहरु मध्ये तिमीलाई
पृथ्वी किन प्रीय लाग्यो र मनुस्य प्राण!?

covid 19!
बृद्ध,बृद्धाका केही दिन बाच्ने,खेल्ने,हास्ने
अनि,भविश्यमा सुन्दर फुलझै फुल्ने बच्चा बच्चीहरुको
भाग्यरेखाहरुले पृथ्वी रहुन्जेल तिमीलाई सोधिरहने छन्।

चाहान्थौ त तिमीले र मागे तिमीलाई दिने चिजहरु
यो पृथ्वीमा हामीसंग हजार-हजार थिए
र,
नेपालमै पनि तिमीलाई हामी सर्बोच्च शिखर सगरमाथाबाट हाम फल्न दिने थियौ
कृष्ण भिर र दासढुङ्गाबाट लड्न दिने थियौ
अनुमति थियो तिमीलाई कोसी फुट्दा बग्नलाई
बालुवाटारमा तिमीलाई स्वतन्त्र छाडि दिन सक्थ्यौ
सिंहदरबार तिम्रो लागी डान्सबार मानि दिन सक्थ्यौ
सुदुर बिकटको पीडा र दुखहरु तिमीलाई लुतो नारि दिने मन थियो

तर तिमीले यो पाएनौ अब
तिमीले कि पछि हिड्यौ,कि अघि हिड्यौ हाम्रो सोच भन्दा
तिमीले हामी मानवको खुसी चिर्यौ,ज्यान लियौ
तिमी पनि आखिर अरु जस्तै स्वार्थी बन्यौ
र गरिब दुखी भोका नाङ्गालाईनै पेल्यौ
लाग्छ हाम्रो देशको युगौ देखिको राज्य सत्ताको छाया हौ।

covid 19!
तिमीलाई मेरो एउटा अनुरोध।
दोस्रो जनम तिमी मनुस्य योनीबाट मनुस्य चोलामा जन्मनु
अनि हामी मनुस्यहरु तिम्रोरुपमा आउने छौ
किताब बराबरी-हिसाब बराबरी।

समाप्त।

Facebook Notice for EU! You need to login to view and post FB Comments!