सन १९९९मा प्रकाशित एक लघुकथा संग्रहको भुमिकामा कथा लेखक कुर्ट भोनेगुटले लघुकथा कसरि लेख्ने भनेर आठ ओटा सुझाबहरु दिएका थिए । उनि भन्छन, कथाका आकार हुन्छन जसलाइ ग्राफ पेपरमा समेत कोर्न सकिन्छ ।
उनका कथा लेखनका आठ टिप्स निम्न छन् :
१. अन्जान पाठकको समयको यसरि उपयोग गर्नुहोस कि उनलाइ आफ्नो समय खेर गएको जस्तो नलागोस।
२. पाठकलाइ कम्तिमा पनि एउटा तेस्तो पात्र दिनुहोस जसमा उसले आफु देख्न सकोस।
३. प्रत्येक पात्रको आफ्ना आफ्ना चहाना हुनु पर्छ चाहे त्यो एक कप पानीको चहाना नै किन नहोस ।
४. प्रत्येक वाक्यले यि दुइ मध्ये एउटा काम गर्नु पर्छ -> पात्रको बर्णन अथवा कथाको प्रगति ।
५. सँधै कथाको अन्त्य नजिक बाट मात्र कथा शुरु गर्नुहोस
६. पिडक र कामुक हुनुहोस । कथाको मुख्य पात्र जतिसुकै शान्त र सज्जन भए पनि पाठकलाइ उनि कस्ता मान्छे वा बस्तु हुन भनेर बुझाउन उनमाथि भयंकर घटनाहरु हुन दिनुहोस।
७. लेख्दा एउटा पाठकलाइ मात्र सोचेर लेख्नुहोस । यदि तपाइले झ्याल खोल्नु भयो र संसारलाइ प्रेम गर्नुभयो भने, तपाइको कथालाइ निमोनिया लाग्छ ।
८. आफ्ना पाठकलाइ सक्दो धेरै सुचना दिनुहोस, जतिसक्दो छिटो। सस्पेन्सलाइ गोलि मार्नुहोस् । पाठकले अबस्थाको पुर्ण विबरण दिएर के र कहाँ भइ रहेको छ भन्ने जानकरि दिनुहोस । यसरि सबै विबरण दिनुहोस कि, कथाका अन्तिम पाना मुसाले खाइदिए पनि पाठकले आँफै कथाको अन्त्य गर्न सकुन ।
यि नियमहरु पुरा गरेमा राम्रो कथा बन्न सक्छ भने यिनको प्रयोग नगर्दैमा कथा नराम्रो हुने भन्ने पनि हुँदैन । कथा भनेको कथाकारको कला हो, जसलाइ कुनै पनि नियमले बाँध्न सक्दैन । तेसैले सबै आठ नियमका बिपरित नियम पनि बनाउन सकिन्छ राम्रो कथा लेख्नलाइ ।
भोनेगुटले थप्छन्, “मेरो पुस्ताको सबैभन्दा राम्रो लघु कथा लेखिका फ्लेनरि ओकर्नर हुन, उनले आफ्ना कथामा यि सबैजसो नियमहरु तोडेर कथा लेखेकि छिन । प्राय: सबै राम्रा लेखकहरुले नियम तोडेर लेख्ने गर्दछन् ।”
कथा रमाइलो लाग्न थाले पछि मैले केहि कथाहरु पढेने र अध्ययन गर्न थालेको एक दुइ हप्ता भयो, मैले अहिले सम्म बुझे अनुसार लघु कथालेखकले निम्न कुरामा ध्यान दिनु पर्ने हुन्छ:
अरु प्रसिद्ध लेखकहरुका कथा पढ्नुहोस — मेरो बिचारमा चेखब, हेमिंगवे, रेमण्ड क्याभर, एलिसा मुनरो, टोबिस वुल्फ आदि लेखकका कथा राम्रा छन् । यि सबै लेखकका पढ्न मन नलागे पनि रसियन साहित्यकार चेखबका कथालाइ एकचोटि भन्दा बढि नै पढ्दा राम्रो होला । (एलिसन गोल्डिनको सुझाब)
पहिलो प्याराग्राफ आकर्षक हुनु आबश्यक हुन्छ । जिन्दगिमा झैँ कथामा पनि पहिलो इम्प्रेसन राम्रो दिनु पर्ने हुन्छ ।
पात्रको बारेमा लेखिने भन्दा पनि बढि सुचना जम्मा गर्नुहोस। अझ एउटा फोटो वा चित्रलाइ आधार बनाउदा अझ सजिलो होला ।
लेखकिय दृष्टिकोण – आँफै मुख्य पात्र हुने कि कुनै दोश्रो वा तेस्रो व्यक्ति भएर लेख्ने पनि पहिले नै निर्णय गर्नु पर्ने हुन्छ । पहिलो व्यक्ति हुँदा ‘म’ भनेर लेखिन्छ भने दोश्रो व्यक्ति भएर कथा लेख्दा ‘तिमि’ लाइ सम्बोधन गरिन्छ। तेश्रो व्यक्ति भएर कथा लेख्दा ‘उ’ वा ‘उनि’को कथा बताउनु पर्ने हुन्छ ।
कथाको सेटिङ्ग र कन्टेक्टस जस्तै समय, ठाँउ, र वातावरणको बारेमा पनि पहिले नै निर्णय गर्नु पर्ने हुन्छ । यि बिबरणहरु उपयुक्त स्थानमा बर्णन गर्नु पर्ने हुन पनि सक्छ । यसको लागि पनि फोटो वा कुनै स्थानलाइ आधार बनाउन सजिलो हुन सक्छ ।
कथाको प्लट सबै भन्दा महत्वपुर्ण हुन्छ । यो बारेमा भविष्यमा अरु चर्चा गरौँला ।
तनाव, समस्या, अचम्म आदि मसलाहरु पनि कथाका अभिन्न अंगहरु हुन । यि बारेमा पनि छुट्टै चर्चा गर्न आबश्यक हुन्छ होला ।
अन्त्य – कथालाई अन्त्य गर्ने पनि विभिन्न तरिका हुन्छन । समस्याको समाधान टिपिकल कथाको अन्त्य हुन सक्छ । तेस्तै कथाको घटनाबाट लिने शिक्षा वा पाठकले नै निर्णय गर्ने खालको अन्त्य पनि राम्रो अन्त्य मान्न सकिन्छ ।
अपडेट – किन कथा लामो वा छोटो हुँदैन?
कसैले कथा लामो भयो भनेर गुनासो गर्यो भने बुझ्नु पर्छ कि कथाको प्रस्तुति फितलो भयो । गहकिलो प्रस्तुति भएको कथा कहिल्यै पनि लामो हुँदैन किनकि, तेस्तो कथा जति पढ्यो उति पढौं पढौं लाग्ने हुन्छ, कहिल्यै पनि नसकिए हुन्थ्यो जस्तो हुन्छ । तेसैले कथालाइ छोटो बनाउने भन्दा पनि गहकिलो बनाउने तर्फ ध्यान दिनु जरुरि हुन्छ ।
तर, यसको मतलब कथालाइ लामो बनाउनु पर्छ भन्ने पनि होइन । कथाको प्लट र सन्देश जति सक्दो थोरै शब्द खर्च गरेर प्रस्तुत गर्न सकेमा पाठकको समय बचत हुन्छ र पढदा अल्छि लाग्दो पनि हुँदैन ।